प्रतिपक्षी नेकपा एमालेको अवरोध र नारावाजीका बिच संसदबाट विनियोजन विधेयक २०७८ बहुमतले पारित — OSNepal

प्रतिपक्षी नेकपा एमालेको अवरोध र नारावाजीका बिच संसदबाट विनियोजन विधेयक २०७८ बहुमतले पारित

LC (KTM) September 20, 2021 0

काठमाडौँ ४ असोज । प्रतिपक्षी नेकपा एमालेको अवरोध र नारावाजीका बिच पनि सरकारले संसदबाट विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक अन्तर्गत विनियोजन विधेयक २०७८ पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको हो ।

विपक्षीले दल नेकपा एमाले भने बजेट शिर्षकको विधेयकमा भाग नलिई वेल घेरेर नारावाजी गरिरहेकाले विपक्षीमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल मात्र प्रस्तुत् भएका थिए ।

उक्त बहुमतले पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर