एमालेको रिटमाथि आज सुनुवाई हुँदै — OSNepal

एमालेको रिटमाथि आज सुनुवाई हुँदै

LC (KTM) September 20, 2021 0

काठमाडौं ४ असोज । नेकपा एमालेले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा उत्तः रिटमाथि सुनुवाई हुने भएको हो ।

पार्टीका अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले आफ्नो पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको सुचना नटाँसेको भन्दै भन्दै सभामुख विरुद्ध र पार्टीको कारवाहीमा परेका सांसदले गरेको सनाखत आयोगले मान्य दिएको भन्दै आयोग विरुद्ध मुद्धा दर्ता गरेका हुन् ।

एमालेले १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर