माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक — OSNepal

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बुझिएको छ । हिजो प्रधानमन्त्री ओलीको सिफारिसमा फेरि एक पटक राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई आज साँझ सम्मको मय दिएकी थिइन् ।

सरकार गठनको विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटिको बैठक बस्नल लागेको जनाइएको छ । एउटा सरकार हुँदै अर्को नयाँ सरकारको लागि गरिएको आह्रान विरुद्ध चौतर्फी आलोचना भइरहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर