काठमाडौं ४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । आज दिउँसो १ बजे बस्न लागेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने भएको हो ।
आजको बैठकमा असोज १६ १७ र १८ गते हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानलाई अन्तिम रुपदिने साथै १० बुँदे प्रतिवेदनलाई पनि आज अन्तिम रुप दिने बताइएको छ ।
आज अन्तिम रुप दिने प्रतिवेदनलाई असोज ८ र ९ गते बस्ने एमालेको केन्द्रीय कमिटी वैठकमा पेश गरिने छ ।