लौरो उभ्याएर भए पनि संविधानको धारा ७६(५)को वैकल्पिक सरकार दिऔँ : बाबुराम भट्टराई — OSNepal

लौरो उभ्याएर भए पनि संविधानको धारा ७६(५)को वैकल्पिक सरकार दिऔँ : बाबुराम भट्टराई

LC (KTM) May 21, 2021 0

काठमाडौँ ७ जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधानर लोकतन्त्रको रक्षा गर्नको लागि भएपनि आजै अहिल्यै लौरो उभ्याएर भए पनि संविधानको धारा ७६(५)को वैकल्पिक सरकार दिन आग्रह गरेका छन् ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले संसद मा आफुले विश्वासको मत नपाउने भएपछि ओलीले नयाँ सरकार गठन गर्न राष्ट्रपतिलाई धारा ७६ (५) अन्तर्गतको प्रक्रिया अघि बढाउन सिफारिस गरेपछि ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सरकार गठनका लागि आज साँझ सम्मको समय दिएकी हुन् ।

संसद्, संविधान र लोकतन्त्रको रक्षाका लागि वैकल्पिक सरकार बनाउनुपर्ने बताएका भट्टराईले सबैको तर्फबाट आवस्यक त्यागर बलिदान गर्न आग्रह समेत गरेका छन् । सयो नगरे बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने भट्टराईको तर्क रहेको छ ।

भट्टराईले लेखेका छन् , संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो !जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्यागरबलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपीरपिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधानरलोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर