काठमाडौँ । हरेक बा आमाको इच्छा हुन्छ छोराछोरीले राम्रो प्रगती गरेको हेर्ने । तर घरमा राम्रो हुँदा हुँदै गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ का उमेश भट्टराई धन कमाउनका लागि भनेर भारत हानिएको ३ वर्ष बढी समय भयो तर उनी अहिलेसम्म घर फर्किएका छैनन् ।
३ वर्ष अगाडी भारतको कानपुर जाने भन्दै घरबाट निस्किएका ३३ वर्षका उमेश २०७५ साल कात्तिक २४ गतेबाट घर छाडेर निस्किएपछि नर्फकिएको उमेशका बुबा टंक प्रसाद पाध्यले ओएस नेपालसँगको कुराकानीमा बताए ।
उमेशले बुबा टंक प्रसाद पाध्यको नाममा रु १५ हजार रुपैयाँ पठाएपछि घर परिवारसँग सम्पर्कमा नरहेको बुबाले भावुक हुँदै बताए । अविबाहित उमेश यसअघि वैदेशिक रोजागरीमा दुबई गएर फर्किएका युवा हुन् ।
उमेशलाई तपाईले भेटे वा देखेमा उमेशकी दिदीको नम्बर ९८६६५५३६७४ वा उमेशका बुबाको नम्बर ९८६४५६०८९० मा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।