रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा — OSNepal

रोजगारी गुमेपछि फर्किए ६ लाख नेपाली युवा

LC (KTM) September 20, 2021 0

स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकको असारसम्मको तथ्यांकअनुसार २०७७र०७८ मा अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत ९नयाँ र वैधानीकरण० ६२।८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०।८ प्रतिशतले गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने श्रमिकको संख्या ४६।८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४।७ प्रतिशतले घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर