आज देशका केही स्थानमा भारी वर्षा सहित चट्याङको सम्भावना, सर्तकता अपनाउन आग्रह — OSNepal

आज देशका केही स्थानमा भारी वर्षा सहित चट्याङको सम्भावना, सर्तकता अपनाउन आग्रह

LC (KTM) September 20, 2021 0

काठमाडौँ– आज देशभर हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै विभागले सोमबार बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी र सुदूरपश्चिमका केही स्थानहरूका पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।त्यस्तै आज राती पनि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भाबना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर