डेरामा बस्दै आएका १८बर्षिय राहुलको कोठामा छापा मार्दा तीन छक पर्यो प्रहरी — OSNepal

डेरामा बस्दै आएका १८बर्षिय राहुलको कोठामा छापा मार्दा तीन छक पर्यो प्रहरी

LC (KTM) September 20, 2021 0

भारतीय निकटवर्ती बजार वनवसाबाट लागुऔषध ल्याउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले आइतबार भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट पक्राउ गरेको छ । गुप्ताङ्गमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दार्चुला जिल्ला महाकाली नगरपालिका–४ खलङ्गा स्थायी घर भई भीमदत्त नगरपालिका–१८ जानकीटोलमा डेरा गरेर बस्ने १८ वर्षका राहुल सोनमलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरका अनुसार पक्राउ परेका सोनामको साथबाट वुपफ्रेनोफाइन इन्जेक्सन २९ वटा, डाइजेपाम इन्जेक्सन एक थान र प्रोमेथाजाइन इन्जेक्सन २९ थान बरामद गरेको छ । बरामद लागुऔषधसहित पक्राउ परेका सोनमलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर