महाधिवेशनले जनताको भावना बुझ्ने नेतृत्व चयन गर्नेछ : सचेतक निर्मला क्षेत्री — OSNepal

महाधिवेशनले जनताको भावना बुझ्ने नेतृत्व चयन गर्नेछ : सचेतक निर्मला क्षेत्री

LC (KTM) September 20, 2021 0

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताएकी छन् ।

कांग्रेसको १४ औं महाधिवेशनको सन्दर्भमा नेपाली कांग्रेस अर्घाखाँची-रुपन्देही सम्पर्क समितिले बुटवलमा आयोजना गरेको क्षेत्रीय प्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले नेपाली जनताको भावना र लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसको अहम् भुमीका बताउँदै सबै जिम्मेवार भएर अगाडि बढनुपर्ने आजको आवश्यकता रहेको बताईन् ।

महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सहकार्य, एकता र सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै क्षेत्रीले महाधिवेशनबाट चुनिएको नेतृत्वले आगामी निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा कांग्रेसका नेता बिष्णु पोखरेल, तारा बेल्बासे, माधब भुसाल, प्रकाश राना, कृष्ण बेल्बासे लगायतको मन्तव्य रहेको कार्यक्रमममा कांग्रेस अर्घाखाँची-रुपन्देही सम्पर्क समितीका सभापति तुल्सी भुषालको अध्यक्षता र सचिव विनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर