तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सात किमी नयाँ ट्रयाक सडक निर्माण — OSNepal

तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत सात किमी नयाँ ट्रयाक सडक निर्माण

LC (KTM) September 20, 2021 0

बागमती, ४ असोज -तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष ०७७÷०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो । उक्त आवमा उक्त जिल्लामा सङ्घीय सरकारको लगानीमा ३२.३६ किमी कालोपत्रे, १९.१ किमी ग्राभेल, ३७.३५ किमी बाटो सडक मर्मत र सात किमी बाटो सडक ट्रयाक चौडा भएका छन् ।

यसैबीच कार्यालयका अनुसार दशैँलाई लक्षित गरी ती तीन जिल्लाका विभिन्न स्थानमा राजमार्गको मर्मतसम्भारको अघि बढाइएको छ । बाराको धनसारदेखि पतलैयासम्म, मकवानपुरको हेटौँडा हँुदै लोथरसम्म र हेटौँडाको भैँसे हँुदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकको खाल्डाखुल्डी मर्मतसम्भारको अघि बढाइएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर