नेपालको ओमन माथि शानदार जित , ओमन ७ विकेटले पराजित — OSNepal

नेपालको ओमन माथि शानदार जित , ओमन ७ विकेटले पराजित

LC (KTM) September 19, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले शीर्ष स्थानको ओमनलाई पराजित गरेको छ । आज भएको अन्तिम खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जित दिलाउने क्रममा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

उनले ४६ बलमा ४ चौका र २ छक्का प्रहार संगै ५२ रनको स्कोर बनाएका थिए उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले अमेरिकाविरुद्धको खेलमा अर्धशतक बनाएका थिए । यस्तै ओपनर आसिफ शेखले ४० रन जोडे । शरद भेषवाकर १ रनमा अविजित रहे ।

ओपनर कुशल भुर्तेल र रोहित पौडेल समान ६- ६ रनमा आउट भए ।ओमानका नेस्टर धाम्बाले २ तथा कालिमउल्लाहले १ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । अरुले खासै राम्रो प्रर्दशन गर्न सकेनन् ।

आजको खेलमा नेपालको बलिङ अगाडी ओमान एकदमै निरिह देखिएको थियो । ओमनलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए । यस जितसँगै नेपालले सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा नेपालले खेलेको ४ खेलमा २ जित र २ हार व्यहोर्यो ।

ओमानलाई हराएपछि नेपाल लिग २ को चौंथो स्थानमा समेत उक्लिएको छ । नेपालले ८ खेलमा ८ अंक जोडेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर