माओवादीका पुर्व सांसद अन्तत: माओवादी केन्द्रमै फर्किए — OSNepal

माओवादीका पुर्व सांसद अन्तत: माओवादी केन्द्रमै फर्किए

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । माओवादी केन्द्र छाडेर अन्य पार्टीमा आवद्ध भएका माओवादी केन्द्र पुर्व सांसदहरु पुन: माओवादी केन्द्रमै प्रवेश गरेका छन् ।

मकवानपुर जिल्ला बाट निर्वाचित पूर्व सांसद प्रल्लाद लामिछाने लगायत अन्य केहि नेताहरुले पुन : माओवादी केन्द्रमै फर्किएका हुन् ।

चितवन जिल्ला बाट रमेश रेग्मी ९अमर० तथा बाबुराम पोख्रेल लगायत नेता कार्यकर्तालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पुन स्वागत गरेका छन् ।

पहिले माओवादी केन्द्रमा रहेका तर पछि पार्टी विभाजनपछि अन्यत्रै पार्टीमा पुगेका पूर्व सांसद प्रल्लाद लामिछाने लगायत नेता कार्यकर्ता माओवादी केन्द्रमै फर्किएका छन् ।

अध्यक्ष प्रचण्डले आज आफ्नै निवास खुमलटारमा एक कार्यक्रम गरी पार्टीमा पुन स्वागत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर