नेपालको बलिङ अगाडि ओमान निरिह , सन्दिप र करणले लिए ३-३ विकेट — OSNepal

नेपालको बलिङ अगाडि ओमान निरिह , सन्दिप र करणले लिए ३-३ विकेट

LC (KTM) September 19, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल र ओमान बीचको खेल सुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजको छ । अल अमिरात क्रिकेट मैदानमा ओमानले ब्याटिङ गरिरहेको छ ।

नेपाल बिरुद्ध अघिल्लो खेलमा शतक बनाएका जतिन्दर सिंह आउट भएका छन् । उनलाई नेपालका करण केसीले आउट गरेका हुन् । त्यस्तै सुफियान मोहम्मद र आयान खानलाई पनि करणले नै आउट गरेका छन् । करण एक्लैले महत्वपुर्ण ३ विकट लिएका छन् ।

त्यस्तै सन्दीप लामिछानेले पनि ३ विकेट लिएका छन् । अहिले सम्म ओमानको ६ विकेट झरिसकेको छ । ताजा अवस्थामा अहिले ओमानले १४ ओभरमा ६ विकेटको क्षतीमा ४३ रन बनाएर खेलिरहेको छ ।

नेपालले यसअघि अमेरिका र ओमान संग खेल खेलिसकेको छ । पहिलो खेलमा अमेरिका लाई हराएको नेपाल दोस्रो खेलमा ओमान संग पराजित भएको थियो । साथै आफ्नो तेस्रो खेलमा अमेरिका संग नेपाल पराजित भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर