अबको एक सातामा सरकारमा जाने माधव नेपालको घोषणा — OSNepal

अबको एक सातामा सरकारमा जाने माधव नेपालको घोषणा

LC (KTM) September 19, 2021 0

पोखरा ३ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी भइरहेको जानकारी दिएका छन् ।

आज आइतबार पोखरामा आयोजित एक कार्यक्रममा उनले अध्यक्ष केपी ओलीका प्युसाहरु भएको प्रदेश सरकारलाई हटाएर आफुहरु अब एक हप्तामा सरकारमा जाने तयारीमा लागेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेशमा पनि आफ्नो सहभागी हुने जनाएका छन् । गण्डकी प्रदेशमा भने आफ्नो समुहको पीडितहरुको एकता भएको बताएका छन् ।

‘पहिले आसेपासेलाई क्षमता नभएका, अनुचित काम गर्नेलाई नियुक्त गरियो तर अब हामी समुचित ढंगले व्यवस्थापन गर्दैछौं’ नेपालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर