झण्डै पाँच लाख नगद सहित यस्तो अवस्थामा पक्राउ परे यी २७ जना — OSNepal

झण्डै पाँच लाख नगद सहित यस्तो अवस्थामा पक्राउ परे यी २७ जना

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । ४ लाख ७४ हजार ७५ रुपैयाँ, २० बुक तास, २८ थान चेक र क्वाइन ४ सय ६४ पिस सहित प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने तेन्जिङ छोपाकको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने चितवन घर भएका ४२ वर्षीया ओम माया गुरुङ लगायत २० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।

त्यसैगरी, गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ति डेरा गरी बस्ने उदयपुर घर भएका ३६ वर्षीय पुर्ण बहादुर मगरको कोठामा तास खेलिरहेको अवस्थामा प्रहरीले सोही ठाउँ बस्ने ४५ वर्षीया निर्मला तामाङ लगायत ७ जनालाई पक्राउ गरेको छ ।

नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ३ बुक तास सहित प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर