समाजेसेविद्वारा १७ बर्षिय बोन क्यान्सर पिडित बचाउका लागि संकलित सहयोग रकम हस्तान्तरण — OSNepal

समाजेसेविद्वारा १७ बर्षिय बोन क्यान्सर पिडित बचाउका लागि संकलित सहयोग रकम हस्तान्तरण

LC (KTM) September 19, 2021 0

अर्घाखाँची ।अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका ८ धरम्पानीका १७ बर्षिय बोन क्यान्सर पिडित गणेश खनाल बचाउका लागि संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ ।

पीडित परिवार लाई संकलित सहयोग रकम एक लाख एकचालीस हजार एक सय पचपन्न रुपैयाँ (१४१,१५५) एक कार्यक्रम का बिच पिडित गणेश खनाल उपचार्थ हस्पिटलमा पुगी हस्तान्तरण गरिएको थियो।

पिडित गणेश खनाल लामो समय देखि बोन क्यान्सर बाट पिडित छन उनको उपचारका लागि पारिवारिक आर्थिक स्रोत नभएका कारण उपचारमा समस्या भएको जानकारी पाए लगत्तै समाजसेवि सचिन पाण्डे र बिष्नु सुबेदिले संयुक्तरुपमा सामाजिक सन्जालबाट सहयोग लागि सबै सहयोगी मन समक्ष अपिल गरेका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी बिकाश खनाल अभियानका नेतृत्व कर्ता समाजसेवी सचिन पाण्डे बिष्नु सुवेदी पुगेर बिरामीको अबस्था बुझि बिरामीको उपचारमा कुनै कसुर बांकि नराख्ने भन्दै पिडित परिबारलाइ आस्वासन दिएका थिए।पिडित परिबारको तर्फबाट आफ्नो छोरा बचाउका लागि सहयोग गर्नुहुने सबैलाई पिडित गणेशको आमा शान्ता खनालले धन्यवाद दिएकि थिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर