कोरिया जान नपाएका नेपाली युवालाई शर्तसहित कोरिया लैजाने तयारी — OSNepal

कोरिया जान नपाएका नेपाली युवालाई शर्तसहित कोरिया लैजाने तयारी

LC (KTM) September 19, 2021 0

काठमाडाै। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ। कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो।

कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो।

ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल र कोरियाबीच निरन्तर भइरहेको छलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर