नेपाली सेनाको हेलिकप्टर मार्फत पुष्पवृष्टि गर्दै यसरी मनाइयो संविधान दिवस — OSNepal

नेपाली सेनाको हेलिकप्टर मार्फत पुष्पवृष्टि गर्दै यसरी मनाइयो संविधान दिवस

LC (KTM) September 19, 2021 0

काठमाडौं ३ असोज । आज नेपालको सातौै संविधान दिवस मनाइएको छ ।

काठमाडौंको टुडिखेलमा आज बिहान विषेश समारोह आयोजना गरी
राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थितमा संविधान दिवस मनाइएको हो ।

उक्त विषेश अवसरमा प्रधानमन्त्री शेरबहादुर प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी रहेको थियो ।

समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए । उक्त सामारोहमा नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस बाँधिएको ब्यानर सहित पुष्पवुष्टि गरेको थियो ।

२०७२ साल असोज ३ गते नेपाल संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष आज कै दिन विषेश समारोहमा संविधान दिवस मनाइँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर