एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा — OSNepal

एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

LC (KTM) September 19, 2021 0

काठमाडौं, ३ असोज-प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ ।ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्‍द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटीमा विधान महाधिवेशनमा पेस गर्न विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । एमालेले १५-१७ असोजमा विधान महाधिवेशनआयोजना गर्दैछ ।

त्यसअघि एमालेले च्यासलमै संविधान दिवसका अवसरमा कार्यक्रम गर्दैछ । बिहान ११ बजे आयोजना हुने संविधान दिवस कार्यक्रमका प्रमुख वक्ता एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । च्यासलमै साढे ११ बज पार्टी प्रवेश कार्यक्रम तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर