सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार बनेका छन् : मुख्यमन्त्री भट्ट — OSNepal

सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार बनेका छन् : मुख्यमन्त्री भट्ट

LC (KTM) September 19, 2021 0

डोटी, ३ असोज- सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेश सरकारले सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार तयार गरी कार्यान्वयन गरिराखेको उल्लेख गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ “ संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध हुन प्रेरणा मिल्ने छ । ” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर