एकाएक किन भए अमिताभ बच्चन ट्रोलको शिकार — OSNepal

एकाएक किन भए अमिताभ बच्चन ट्रोलको शिकार

LC (KTM) September 19, 2021 0

बलिउडका महानायक अमिताभ बच्चनले हालै एक बिज्ञापन खेलेका छन् । अमिताभले रणबीर सिंह संग मिलेर पान मसालाको बिज्ञापन खेलेका हुन् । यसै बिज्ञापनका कारण उनी ट्रोलको शिकार भएका छन् । उनले आफ्नो ट्रोल गर्नेलाई पनि कडै जवाफ दिएका छन् ।

अमिताभ सामाजिक सञ्जालमा एकदमै सक्रिय रहेका छन् । उनी फेसबुक तथा ट्वीटरमा लगातार पोष्ट गरिरहेका हुन्छन् । हालै उनले समय संग जोडिएको एक पोष्ट गरेका छन् । यसमा कैयौ फ्यानहरुले लगातार कमेन्ट गरिरहेका छन् ।

यी सबैका बीच एक युजरले अमिताभ बच्चनलाई पान मसलाको बिज्ञापनका बिषयमा प्रश्न गरेका छन् । उनको प्रश्नको उत्तर अमिताभले दिएका छन् । ति युजरले लेखेका छन्– प्रणाम सर, मात्रै एउटा कुरा सोध्नु छ के तपाईलाई कमला पान मसलाको बिज्ञापन गर्न आवश्यक थियो र ? अमिताभ बच्चनले पनि उनको जवाफ फर्काएका छन् ।

उनले लेखेका छन्– मान्यवर क्षमा प्रार्थी छु , कुनै पनि ब्यवसायले कसैको हित भईरहेको छ , यो सोच्न आवश्यक छ कि हामी उसको साथमा किन जोडिइरहेका छौ । हो यदि ब्यवसाय हो त त्यसबाट हामीले आफ्नो ब्यवसायको बारेमा पनि सोच्न पर्छ । मलाई यो गर्न आवश्यक छ यो गर्न आवश्यक छैन किनकी यो बिज्ञापन गर्दा मलाई पनि धनराशी मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर