अमेरीकन आइडलका उपविजेता दिवेशले सान फ्रान्सिस्कोमा धुम मच्चाउँदै — OSNepal

अमेरीकन आइडलका उपविजेता दिवेशले सान फ्रान्सिस्कोमा धुम मच्चाउँदै

LC (KTM) September 19, 2021 0

काठमाडौँ । अमेरीकन आइडलका उपविजेता बन्ने पहिलो नेपाली गायक दिवेश पोखरेल ‘आर्थर गन’ बेला विभिन्न स्थानका सांगीतिक कार्यक्रमहरुमा ब्यस्त छन् । यसैबिच दिवेश अक्टोबर २९ का दिन सान फ्रान्सिस्कोमा आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुँदैछन् ।

संसारकै उत्कृष्ट गायन रियालिटी शो मानिने अमेरिकन आइडलको उपविजेता बनेर इतिहास रचेका दिवेशले सान फ्रान्सिस्कोमा रहेका नेपालीहरुका लागि कमालको प्रस्तुती दिनेमा आयोजक प्रोजेक्ट इन्टरटेनमेन्ट विश्वस्त रहेको छ ।

आयोजकहरु हरी ओझा, अभिषेक ज्ञवाली, हरी गौतम र रशिक अधिकारीका अनुसार अमेरिकन आइडलको १८औं संस्करणका उपविजेता दिवेशले कमाल गर्नेछन् । यही टिमले यसअघि बे एरीयामा ऐल्बट्रास नेपाल , क्रूज़ पार्टी, वार्तीका राई जस्ता थुप्रै इभेन्टहरु गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर