अट्याकर साडियो मानेको १०० गोलमा लिभरपुलको सहज जित, क्रिष्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित — OSNepal

अट्याकर साडियो मानेको १०० गोलमा लिभरपुलको सहज जित, क्रिष्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित

LC (KTM) September 19, 2021 0

काठमाडौं, ३ असोज – अट्याकर साडियो मानेले लिभरपुलको लागि १००औँ गोल गरेको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसमाथि सहज जित निकालेको छ ।

शनिबार साँझ घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३-० गोल अन्तरको पराजित गरेको हो ।

अपराजित लिभरपुलको जितमा साडियो माने, मोहम्मद सलाह र नेबी केइटले १/ १ गोल गरे ।

पहिलो हाफको अन्तिम दुई मिनेट बाँकी रहँदा लिभरपुलले १-० को अग्रता बनायो । गोलरक्षकको रिबाण्ड बललाई मानेले जाली चुमाएका थिए । मानेको यो लिभरपुलका लागि १००औँ गोल हो ।

खेलको ७८ मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरे । उनले भान डाइकको पास सदुपयोग गरेका थिए । खेल सकिन एक मिनेट बाकी रहँदा केइटले गोल गर्दै ३-०को जित दिलाए ।

जितसँगै लिभरपुल ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा छ । समान १० अंकसहित ४ खेल खेलेका म्यानचेष्टर युनाईटेड, चेल्सी र एभर्टन लिभरपुल भन्दा तल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर