इंग्लिस प्रिमियर लिग : म्यानचेष्टर सिटी रोकियो, आर्सनलको लगातार दोस्रो जित — OSNepal

इंग्लिस प्रिमियर लिग : म्यानचेष्टर सिटी रोकियो, आर्सनलको लगातार दोस्रो जित

LC (KTM) September 19, 2021 0

काठमाडौं, ३ असोज – इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलले लगातार दोस्रो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा आर्सनले घरेलु टोली बर्नलीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बर्नलीको घरेलु मैदान टर्फ मूरमा भ्रमण टोली आर्सनलको जितमा मार्टिन ओडगार्डले निर्णायक गोल गरे । मार्टिनले खेलको ३० मिनेटमा गरेको गोलनै आर्सनलको लागि तिन अंकको लागि प्रर्याप्त रह्यो ।

बाँकी समय घरेलु टोली बर्नली र आर्सनलले गोलका केहि अवसर बनाएपनि सदूपयोग गर्न सकेनन् । पाँच खेल खेलेका आर्सनलको यो प्रिमियर लिगमा दोस्रो जित हो । यसअघि आर्सनल सुरुवाती तिन खेलमा ब्रेन्टफोर्ड, आर्सनल र म्यानचेष्टर सिटीसँग पराजित भएको थियो ।

शनिबार नै भएको अर्काे खेलमा म्यानचेष्टर सिटी साउथ ह्याम्पटनसँग गोलरहीत बराबरीमा रोकिएको छ । घरेलु मैदानमा खराब प्रदर्शन गरेको सिटी अंक बाँड्न बाध्य भएको हो ।

अन्य खेलमा वार्टफोर्डले नर्विच सिटीलाइ ३-१ गोल अन्तरले पराजित गरेकाे छ भने लिभरपुरले क्रिष्टल प्यालेसलाई ३-० र ब्रेन्टफोर्डले उल्भ्सलाई २-० गोल अन्तरले हराए ।

जितसँगै प्रिमियर लिगमा ब्रेन्टफोर्ड ५ खेलबाट ८ अंक सहित नवौँ स्थानमा छ । वार्टफोर्ड ५ खेलबाट ६ अंकसहित छैटाैँ स्थानमा छ । आर्सनल भने ६ अंकसहित १२ औं स्थानमा रहेको छ । सिटी भने ५ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर