पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी — OSNepal

पुरानै स्वरूपमा फर्कंदै भक्तपुरको रानीपोखरी

LC (KTM) September 19, 2021 0

भक्तपुर-भक्तपुरको रानीपोखरी आफ्नो मौलिक शैलीमा फर्कंदै छ । शाहीकालमा सेनाको नियन्त्रणमा पुगेको भक्तपुरको रानीपोखरी काठमाडौँको रानीपोखरीभन्दा ४० वर्ष जेठो पोखरी हो ।

भक्तपुरका राजा जगज्योति मल्लले विक्रम संवत् १६८७ मा आफ्नी रानी राजलक्ष्मीको सम्झनामा रानीपोखरी निर्माण गरेका थिए । लामो समयमा सेनाको अधिनमा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले सेनासँग वार्ता गरी खुल्ला गरेसँगै पुनर्निर्माण गरेको थियो ।

अहिले पोखरीलाई मौलिक शैलीमा चुन, सुकी, दाची अपा प्रयोग गरी उपभोक्ता समितिमार्फत पुनर्निर्माण गरिँदैछ । काठमाडौँको रानीपोखरी भने त्यसको ४० वर्षपछि वि.सं १७२७ मा प्रताप मल्लले बनाउन लगाएका थिए । प्रताप मल्लले आफ्ना छोरा चक्रवतेन्द्रको मृत्युपछि आफ्नी रानीको मन बुझाउन बनाएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर