रिलिजको तयारीमा आमिर खानको लाल सिंह चड्डा, देशका १ सय स्थानमा मात्रै गरिएको थियो शुट — OSNepal

रिलिजको तयारीमा आमिर खानको लाल सिंह चड्डा, देशका १ सय स्थानमा मात्रै गरिएको थियो शुट

LC (KTM) September 19, 2021 0

केही बर्ष यता आमिर खान प्रोडक्शनले भारतीय दर्शकको लागि एक पछि अर्काे राम्रो सिनेमा दिई रहेको छ । जसमध्ये लगान, तारे जमिन पर , दंगल जस्ता फिल्महरु रहेका छन् ।

अब यिनै बलिउडका मिस्टर परफेक्टसनिस्ट आमिरले एउटा दमदार फिल्म लिएर आउँदैछन् जसको नाम हो लाल सिं चड्डा । यो फिल्म कमेडी ड्रामा फिल्म हो । यो फिल्म हलिउड फिल्म फरेस्ट गम्पको हिन्दी रिमेक रहेको छ ।

यस फिल्मको प्रमुख रोलमा टम हैंक्स देखिएका थिए । करीना कपुर खानले पनि यस फिल्मको शुटिंग अघिल्लो साल देखी नै सुरु गरेकी थिईन् । यस फिल्मलाई देशको १ सय स्थानमा शुट गरिएको छ ।

फिल्मको शुटिंग हालै मुम्बईमा पुरा भएको थियो । यस फिल्मको पात्रहरु तथा क्रु मेम्बरकाले केक काटेर खुशियाली मनाएका छन् । एरिक रोथ तथा अतुल कुलकर्णी द्धारा लेखिएके पटकथा तथा अद्धैत चन्दनद्धारा निर्देशित यो फिल्म आमिर खान प्रोडक्शनद्धारा आउन लागको हो । यस फिल्मको रिलिज डेट समेत तोकिएको छ । यहि सालको क्रिसमसमा यो फिल्म रिलिज हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर