बसको ठक्करबाट २४ वर्षीय सन्तोषको मृत्यु,सुजीता गम्भीर घाइते — OSNepal

बसको ठक्करबाट २४ वर्षीय सन्तोषको मृत्यु,सुजीता गम्भीर घाइते

LC (KTM) September 19, 2021 0

दोलखाको भीमेश्वर नगरापालिका–७ मकैबारीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकलमा सवार दोलखा कालिञ्चोक गाउँपालिका–९ का २४ वर्षीय सन्तोष थामी रहेको प्रहरी निरीक्षक अन्जन कोइरालाले बताउनुभयो । दुर्घटनामा परी भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतीका ५० वर्षीया शारदा थामी र सोही स्थानका १९ वर्षीया सुजीता थामी घाइते भएका छन् । मोटरसाइकलमा तीन जना सवार रहेको र चालक थामीको मृत्यु भएको छ । घाइते दुई जनालाई थप उपचारका लागि काठमाडाँै लगिएको छ ।

दोलखाको भिमेश्वर मन्दिर दर्शन गरी काठमाडाँै फर्कन लागेको बा३ख ४७३३ नंको बस र मकैबारीबाट आउँदै गरेको बा९७प ७९३१ नंको मोटरसाइकल भीमेश्वर नगरपालिका–७ मकैबारीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर