भुमिगत रहेकी लोक गायिका बिष्णु माझी सरकारले भोली दिने बिभुषण लिन जालिन त ? — OSNepal

भुमिगत रहेकी लोक गायिका बिष्णु माझी सरकारले भोली दिने बिभुषण लिन जालिन त ?

LC (KTM) September 18, 2021 0

भोली संबिधान दिवस । सरकारले हरेकवर्ष संविधान दिवस धुमधामका साथ मनाउँदै आएको छ । यसै अवसरमा राष्ट्र प्रति योगदान दिएका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई विभुषण बाट सम्मान गर्दै आएको छ ।

यसै अवसरमा अब सरकारले भुमिगत अवस्थामा रहेकी लोक गायिका बिष्णु माझीलाई बिभुषण प्रदान गर्ने भएको छ । उक्त विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने तय भएको छ ।

चरी जेलैमा बोलको गीत बजारमा ल्याए पछि उनलाई सार्वजनिक गर्नुपर्ने माग बढिरहेका बेला सरकारले बिभुषण थाप्न गायिका माझि जाने हो या हैन भन्ने अन्यौल देखिएको छ । उनलाई विभुषण प्रदान गर्न लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

उनी संगै नायिका केकी अधिकारी , नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पनि विभुषण प्रदान गरिने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर