अनेरास्ववियुले पायो तेस्रो महिला अध्यक्ष , सुनिता बराल अध्यक्षमा निर्वाचित — OSNepal

अनेरास्ववियुले पायो तेस्रो महिला अध्यक्ष , सुनिता बराल अध्यक्षमा निर्वाचित

LC (KTM) September 18, 2021 0

एमाले निकट अनेरास्ववियुको अध्यक्षमा सुनिता बराल निर्वाचित भएकी छिन् । आज बसेको केन्द्रीय सचिवालय बैठकले बराललाई अध्यक्षमा निर्वाचित गरेको हो । यस संगै केन्द्रीय कमिटी समेत पुनःगठन भएको छ ।

निर्बतमान अध्यक्ष ऐन महरले राजीनामा दिए संगै सुनिता अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्ष बरालको अध्यक्षतामा ४०६ सदस्यीय केन्द्रीय कमिटी समेत पुनःगठन गरिएको छ । पुनःगठित केन्द्रीय कमिटीले नै आगामी अखिलको २३औँ महाधिवेशन पनि सम्पन्न गराउने बैठकले निर्णय गरेको छ ।

बैठकले आगामी चैत २४ देखि २६ गतेसम्म अखिलको २३औँ महाधिवशेन गर्ने निर्णय गरेको छ । अखिलमा बराल तेस्रो महिला अध्यक्ष भएकी हुन् । यसअघि रामकुमारी झाँक्री र नवीना लामा अध्यक्ष भईसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर