संरक्षित वन्यजन्तुको छालासहित चार जना पक्राउ — OSNepal

संरक्षित वन्यजन्तुको छालासहित चार जना पक्राउ

LC (KTM) September 18, 2021 0

कर्णाली, २ असोज – सुर्खेतमा प्रहरीले संरक्षित वन्यजन्तुको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा तथा दैलेखको ठाटीकाँध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–७ स्थित एक होटलबाट संरक्षित वन्यजन्तुको सूचीमा रहेका हाबे्रलगायतको छालासहित चारै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई डिभिजन वन कार्यालयलाई बुझाएको छ । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर