को बन्ला कमेडी च्याम्पियन २ को बिजेता ? तिनै जना प्रतिष्पर्धीलाई दर्शकको मात्र नभएर नेताहरुको साथ पनि उत्तिकै — OSNepal

को बन्ला कमेडी च्याम्पियन २ को बिजेता ? तिनै जना प्रतिष्पर्धीलाई दर्शकको मात्र नभएर नेताहरुको साथ पनि उत्तिकै

LC (KTM) September 18, 2021 0

आज हाँस्य ब्यंगका पारखी नेपाली दर्शकहरुले एउटा उपाधी सहितको कमेडियन पाउँदैछन् । कुरा हो नेपालको एकमात्र कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को । यस शो को आज फाइनल हुँदैछ । कमेडी च्याम्पियनको टप ३ मा यसअघि नै ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका बिक्की अग्रवाल पुगिसकेका छन् ।

उनीहरु ३ जना मध्ये कसले बाजी मार्ने हो आज राती थाहा हुने छ । शो आज राती ९ बजेबाट सुरु हुनेछ । आजको यस शो को विजेताले नगद २५ लाख सहित कार उपहार पाउँदैछ । साथमा अरु धेरै आकर्षक उपहारहरु समेत रहेको छ । शो को दोस्रोले बाइक र तेस्रोले स्कुटर पाउने कमेडी शो च्याम्पियन परिवारले जनाएको छ ।

आज ३ जना बीच कस्ले उपाधी जित्ला भन्ने अनुमान लगाइहाल्न गाह्रो बिषय रहेको छ । तर प्रस्तुती र दर्शकको साथलाई हेर्दा ताप्लेजुंगका भरतमणीले उपाधी लैजान्छन् भन्नेमा धेरैको आशा रहेको छ । तर भोटको आधारमा बिजेता घोषणा हुने भएकोले यसैले जित्छ भन्ने कुरा अहिले नै किटान गर्न सकिने अवस्था छैन ।

भरतमणीका साथमा गोरखाका सन्तोष थापा पनि उपाधीको होडमा रहेका छन् । त्यस्तै लाखौ नेपाली दर्शक तथा नेपालीभाषी दर्शकको माया पाएका बिक्की पनि मुख्य दाबेदारीमै रहेका छन् । यी तीनै जनालाई दर्शकको मात्र हैन नेताहरुको पनि साथ रहेको छ ।

भरतमणीको पक्षमा नेकपा एमालेका ताप्लेजुङका नेता योगेश भट्टराई, नेपाली काँग्रेसका नेता गगन थापा छन् भने गोरखाका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सन्तोसको पक्षमा भोट मागेका छन् । उता बिक्की पनि कम देखिएका छैनन् । उनलाई सिक्कीमका मुख्यमन्त्री समेतले बिक्कीलाई समर्थन गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर