कोरोनाका कारण बन्द रहेको म्याग्दीको तातोपानी कुण्ड पनि खुल्यो — OSNepal

कोरोनाका कारण बन्द रहेको म्याग्दीको तातोपानी कुण्ड पनि खुल्यो

LC (KTM) September 18, 2021 0

म्याग्दी- प्राकृतिक चिकित्सालयका रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा अवस्थित तातोपानी कुण्ड पनि शुक्रबारदेखि पुनःखुला गरिएको छ । कोरोना भाइरसका कारण गएको वैशाख दोस्रो हप्तादेखि बन्द गरिएको तातोपानी कुण्ड डिसिसीएमसी बैठकको निर्णयानुसार सञ्चालन गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानीका कुण्डको कूल क्षमताका आधारमा तत्कालका लागि ५० प्रतिशतलाई मात्र स्नान गर्ने गरी सञ्चालन गर्न अनुमति दिइएको प्रजिअ अधिकारीले बताउनुभयो ।

अहिले म्याग्दीभित्रका नागरिकलाई मात्रै तातोपानीका कुण्डमा प्रवेशको अनुमति दिइएको छ । कोरोनाविरुद्धको खोप लगाएको १० दिन नाघेका, ७२ घण्टाभित्रको पीसीआर तथा एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट भएका जिल्लावासीले तातोपानीका कुण्डमा पुगेर स्नान गर्न पाउने छन् । म्याग्दीमा तातोपानीका १४ वटा मुहान तथा कुण्ड रहेका छन् । यी सबै तातोपानीका कुण्ड खुला गरिएको छ । डिसिसीएमसीको अनुमति लिएर केही समयपछि जिल्ला बाहिरका बिरामी तथा सर्वसाधारणका लागि पनि कुण्डमा स्नान गर्न पाउने व्यवस्था मिलाइने तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर