मोडल मनोज पाटिललाई आत्महत्याका लागि उकास्ने अभिनेता खान के अब जेल जालान त ? — OSNepal

मोडल मनोज पाटिललाई आत्महत्याका लागि उकास्ने अभिनेता खान के अब जेल जालान त ?

LC (KTM) September 18, 2021 0

पुर्व मिस्टर इण्डिया तथा बडी बिल्डर मनोज पाटिललाई आत्महत्याका लागि उक्साएको भन्दै प्रहरीले बलिउड अभिनेता साहिल खान लगायत ५ जना बिरुद्ध मुद्धा दर्ता गराएको छ ।

पाटिलले ओशिवारा प्रहरीमा दर्ता गरेको उजुरीको आधारमा खान सहितका ५ जना बिरुद्ध हिजो मुम्बइ प्रहरीले मुद्धा दर्ता गरेको हो । पाटिलले ओशिवाराको सैलीला अर्पाटमेन्टमा रहेको घरमा निन्द्राको गोली खाएर आत्महत्याको कोशीस गरेका थिए ।

बिहीबार बिहान आत्महत्याको प्रयास गरेका पाटिलको बीएमसीद्वारा सञ्चालित आरएन कूपर अस्पताल विले पार्लेमा उपचार भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । २९ वर्षे पाटिल मोडलिङमा व्यस्त रहने गरेका थिए । उनले आफूलाई खान र अन्य व्यक्तिहरुले पेशागत करियरमा अवरोध सिर्जना गरेको र सामाजिक सञ्जालको माध्यमबाट बद्नाम गर्न खोजेको आरोप लगाउँदै प्रहरी समक्ष उजुरी गरेका थिए ।

पाटिल पुर्ण रुपमा स्वास्थ्य भएपछि उनको बयान लिईने र थप कारबाही प्रक्रिया अघि बढाईने प्रहरीले जनाएको छ । तर उता अभिनेता शाहिल खानले भने यो आरोपको खण्डन गरेका छन् । उनले आफुले त्यस्तो कुनै दुरुत्साहन गर्ने कार्य नगरेको दाबी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर