जोरपाटी चामुण्डागेटस्थित धावा ढुण्डुपको घरमा २० जना यस्तो अबस्थामा फेला ,प्रहरी परे चकित — OSNepal

जोरपाटी चामुण्डागेटस्थित धावा ढुण्डुपको घरमा २० जना यस्तो अबस्थामा फेला ,प्रहरी परे चकित

LC (KTM) September 18, 2021 0

काठमाडौँ- काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर