शाहरुख खान खानाको लागि एकदमै शोखीन्, उनको मन पर्ने खाना बारे फराह खानले बताईन् सबै सेक्रेट — OSNepal

शाहरुख खान खानाको लागि एकदमै शोखीन्, उनको मन पर्ने खाना बारे फराह खानले बताईन् सबै सेक्रेट

LC (KTM) September 18, 2021 0

शाहरुख खान तथा सलमान खान बलिउड उद्योगको सबै भन्दा ठुला स्टार हुन् । दुबैको फिल्म लाई फ्यानहरुले एकदमै माया गर्ने गरेका छन् । साथै उनीहरुको नीजि जिन्दगीको बारेमा पनि फ्यानहरु जान्नका लागि एकदमै इच्छुक रहने गरेका छन् ।

दुबै जना सुपरस्टारहरु आफ्नो आलीशान घरमा आरामको जिन्दगी बिताई रहेका छन् । फ्यानहरुले भने उनीहरुको दैनिक जिवन कस्तो छ जान्न चाहान्छन् । यसैक्रममा फराह खानले खुलासा गरेकी छिन् सलमान खान तथा शाहरुख खान खानामा के मन पराउँछन् भन्ने ।

एक टिभी शो मा फराह खानले सलमान तथा शाहरुख खानको बानी तथा आदतको बिषयमा पनि कुरा गरेकी छिन् । उक्त शो मा फराह खान संगै अनिल कपुर, महीप कपुर तथा अरबाज खान पनि आएका थिए । उनीहरुले यो शो मा खाना समेत बनाएका थिए ।

यहि क्रममा फराह खान लाई सलमान र शाहरुखको बारेमा सोधिएको थियो । उनले भनिन्– सलमान एकलौटी यस्ता स्टार हुन् जसलाई म जान्दछु उनी सबै थोक खान्छन् । मैले शाहरुख संग पनि लामो समय सम्म काम गरेको छु ।

शाहरुख भने तन्दुरी चिकेन नै खान बढी मन पराउँछन् । न उनी भात खान्छन् न उनी रोटी, ब्रेड नै खान्छन् मैे यी कुरा खाएको देखेकै छैन । तर सलमान भने भात, बिरयानी, छोले लगायत सबै चीज खाने गरेको देखेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर