हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति शर्मा — OSNepal

हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति शर्मा

LC (KTM) September 18, 2021 0

काठमाडौँ-प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा भेटघाट गर्नुभएको छ । सो अवसरमा महारथी शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सैनिक श्रीमती सङ्घद्वारा सञ्चालीत व्यावसायिक तथा सीपमूलक तालिमबाट ज्ञान लिई उद्यमशिल कर्जा सुविधाको उपभोग गर्दै स्वरोजगार र आत्मनिर्भर बन्न सुझाव दिनुभयो ।

प्रधानसेनापति शर्माले सङ्गठनको नेतृत्व लिएपछि पहिलो सम्बोधनमा वीरगती प्राप्त परिवार, एकल महिला, घाइते तथा फरक क्षमता भएका हिताधिकारीलाई अवसर र सेवा सुविधाको सीमा बढाउने विषयलाई प्राथमिकतामा दिने घोषणा गर्नुभएको थियो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त समूहमा रहेका ८०० एकल महिलालाई सेनाले पारिवारिक निवृत्तिभरणको रुपमा वीरगतीतर्फ मासिक तीन हजार प्रदान गरिने छ । कर्तव्यपालना शीर्षकमा यही असोजदेखि दुई हजार ५०० र वीरगतीतर्फ मासिक रु तीन हजार ५०० प्रदान गरिने सेनाले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर