चीन बिश्व मै सबैभन्दा बढी कोरोनाको खोप लगाउने देश मध्ये सबैभन्दा पहिलो बन्न सफल भएको छ । अरु देशलाई पछि पार्दै चीन पहिलो बन्न सफल भएको हो । चीनका लगभग ७२ प्रतिशतले खोप लगाई सकेका छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको हो । एक अर्ब ४० करोड चिनियाँ मध्ये हिजोसम्ममा १ अर्ब जनलाई दुवै डोज खोप लगाइसकेको पनि चिनियाँ अधिकारीहरुले बताएका छन् ।
कोरोनाको खोप लगाएकाहरु मध्ये धेरै जसो ६० बर्ष माथिका रहेका छन् । २० करोड ६० वर्ष माथिका छन् भने ९ करोड ५० लाख १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरी रहेका छन् ।
चीनले कोरोना नियन्त्रणको लागि आक्रमक ढंगबाट खोप अभियानलाई अघि बढाएको छ । दक्षिण पूर्वी प्रान्त फुचियानमा गत साता २ सय बढी संक्रमित भेटिए पछि चीनले खोपलाई झनै प्राथमिकताका साथमा अघि बढाएको छ । विश्वमै चीनपछि सवैभन्दा धेरै कोरोना खोप लगाउने देश भारत हो, जहाँ अहिलेसम्म ७५ करोड मानिसलाई खोप लगाइ सकिएको छ ।