अमेरिका संग नेपाल ६ विकेटले पराजित , पहिलो हारको बदला लियो अमेरिकाले — OSNepal

अमेरिका संग नेपाल ६ विकेटले पराजित , पहिलो हारको बदला लियो अमेरिकाले

LC (KTM) September 17, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा अमेरिकाले नेपाल संग पहिलो हारको बदला लिएको छ । अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा आज राती सम्पन्न खेलमा नेपाल संग अमेरिकाले पहिलो हारको बदला लिएको हो । नेपालले दिएको १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

अमेरिकाको जितमा स्टेभेन टेलर नायक बने उनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गरे । यस्तै मोनान्क पटेलले अविजित ३८ रन जोड्दा जस्करण मल्होत्राले अविजित ३६ रन बनाए ।

नेपालका सन्दीप लामिछाने र करण केसीले दुई दुई विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकिय इंनिग्स खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर