डोजर आतंकले बढाएको जोखिम, एक महिनादेखि गाउँ अन्धकार — OSNepal

डोजर आतंकले बढाएको जोखिम, एक महिनादेखि गाउँ अन्धकार

LC (KTM) September 17, 2021 0

जुम्ला, १ असोज- जुम्लाको एयरपोर्ट हुँदै उर्थुचौतारा जाने सडक खण्डको माथिल्लो रानारावत गाउँका १२ घर जोखिममा परेका छन् । प्राविधिक अध्ययन बिनानै जथाभावी खनिएको सडकले घरलाई जोखिममा पारेको हो । यो त एउटा उदाहरण मात्रै हो । जुम्लाका विभिन्न ठाउँमा वर्षा सुरू भएसँगै वाढीपहिरोले ठूलो धनजनको क्षति गरिरहेको छ ।

गाउँ–गाउँमा प्राविधिक बिनै खनिएका सडकले यतिबेला सर्वसाधारणलाई सास्ती दिइरहेको छ । जताभावी डोजर र स्काभेटरबाट सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको चन्दननाथ नगरपालिकाका अमृत कृष्ण आचार्यले बताए ।

‘जमिन नै हलचल गराउने गरी बिना अध्ययन र योजनामा डोजरबाट बाटो निर्माण गरिएको छ’, उनले भने, ‘यसरी खनिएका बाटोले बस्तीलाई जोखिममा पारेको छ ।’

जुम्ला केही मन्त्री र नेता, कार्यकर्ताको स्याउ बगैँचामा सडक पुर्‍याउने होडबाजीले सडक निर्माण गरिरएको छ । जसको परिणाम भिरालो जमिनमा डोजर तथा स्काभेटर चलाउँदाको असर मनसुन सक्रिय भएसँगै देखिएको हो ।

रानारावत गाउँको जमिन भासिँदा ठिन्केजल विद्युुत आयोजनाको कुलो भत्काउँदा चन्दननाथ नगरपालिएकाको १ देखि ५ वडासम्मको विद्युत सेवा एक महिनादेखि अवरुद्ध भएको ठिन्केजल विद्युत आयोजनाका अध्यक्ष बिष्णुबहादृर बुढ्थापाले बताए ।

भौतिक पूर्वाधार विकासका कार्यालय जुम्लाका प्रमुख रुपकबहादुर रावत भन्छन्, ‘ठूलाबढाको स्याउ बगैँचामा सडक पु¥याउने योजना माथिबाटै आएको हो । हाम्रो प्राविधिक सहयोग थियो । वर्षा रोकिने बित्तिकै नियमित रूपमा सडक विस्तारको काम हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर