असोज १० देखि अग्रिम टिकट बुकिङ खोल्न सार्वजनिक यातायात केन्द्रीय महासंघ सहमत — OSNepal

असोज १० देखि अग्रिम टिकट बुकिङ खोल्न सार्वजनिक यातायात केन्द्रीय महासंघ सहमत

LC (KTM) September 17, 2021 0

काठमाडौँ १ असोज । दशैँको लागि उपत्यका बाहिर जानको लागि असोज १० गते देखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

आज शुक्रबार यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच बसेको बैठकले टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ अध्यक्ष डोलनाथ खनालले अग्रिम टिकट बुकिङ १० असोजदेखि खुलाउन सहमत भएको जनाएका हुन् ।

तथापी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सहमति जनाएको छैन । यस महासंघमा करिब १०० वटा कम्पनी आवद्ध रहेको खनालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर