मुख्यमन्त्री आचार्यलाई विपक्षी गठवन्धनको अल्टिमेटम असोज ८ गते सम्म विश्वासको मत नलिए सरकारबाट आउट — OSNepal

मुख्यमन्त्री आचार्यलाई विपक्षी गठवन्धनको अल्टिमेटम असोज ८ गते सम्म विश्वासको मत नलिए सरकारबाट आउट

LC (KTM) September 17, 2021 0

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विपक्षी गठवन्धनले विश्वासको मत लिन असोज ८ गतेसम्म समय दिएका छन् ।

असोज ८ गते सम्म विश्वासको मत नलिए अविस्वासको प्रस्ताव अघि बढाएर नयाँ सरकार गठन गरिने अविस्वासको प्रस्ताव अघि बढाएर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले जनाएका छन् ।

नेकपा एमालेको हाल प्रदेश १ मा ४१ सांसद रहेका छन् । सरकार टिकाउन आचार्यलाई ४७ सांसदको समथएन चाहिन्छ ।

यता गठवन्धनका दलहरुमा भने नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ सांसद गरी ४९ सांसद रहेका
छन् । जुन नयाँ सरकार बन्न बहुमत पुग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर