बलिउड अभिनेता सोनू सूदलाई मुश्किल बढ्दै , सोनूको मुम्बई सहित नागपुर–जयपुरमा रहेको घरमा समेत आयकर बिभागको सर्च अपरेसन — OSNepal

बलिउड अभिनेता सोनू सूदलाई मुश्किल बढ्दै , सोनूको मुम्बई सहित नागपुर–जयपुरमा रहेको घरमा समेत आयकर बिभागको सर्च अपरेसन

LC (KTM) September 17, 2021 0

बलिउड अभिनेता सोनू सूदको घर तथा अर्काे ठाउँमा दुई दिन देखी आयकर बिभागका अधिकारीहरुको सर्च अभियान जारी रहेको छ । आज पनि सोनूको घरमा आइटी बिभागको सर्च अप्रेशन जारी रहेको छ ।

सोनू सूदको मुम्बई स्थित घर सहित नागपुर, जयपुरमा पनि आयकर बिभागको सर्च अभियान आज पनि जारी रहेको छ । सोनूको घरमा यो सर्च अपरेशन किन र के का लागि चलिरहेको छ कुनै जानकारी बाहिर आएको छैन ।

बुधबार सोनू सूद संग जोडिएको ६ स्थानमा छापा मारिएको थियो । सोनू सूद बाट अहिले सम्म यो बिषयमा कुनै जानकारी बाहिर आएको छैन । उता आम आदमी पार्टीले आइटी टिमको सर्च अप्रेशनलाई लिएर निन्दा गरेको छ ।

आम आदमी पार्टीले सोनू लाई आफ्नो समर्थन दिएको छ । उनको घरमा छापा हानेको भन्दै उनका फ्यान तथा शुभचिन्तकहरुले आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर