भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो डोज असोज ४ गतेबाट यी स्थानहरुबाट लगाँइदै — OSNepal

भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो डोज असोज ४ गतेबाट यी स्थानहरुबाट लगाँइदै

LC (KTM) September 17, 2021 0

काठमाडौँ १ असोज । भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई काठमाडौं उपत्यकामा असोज ४ गतेबाट लगाइने भएको छ ।

काठमाडौं जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । ४ गतेबाट तिन दिनसम्म लगाइने खोप काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा लगाइने भएको छ ।

काठमाडौंको नागार्जुन नगरपालिकाको १० ठाउँ, तार्केश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ, बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर द्ध गतेबानगरपालिकाको ढ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक सुचना जारी गरी यसको जानकारी गराएका हुन् । त्यसै गरी कीर्तिपुर नगरपालकिामा १० ठाउँमा चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा भेरोसेल खोप लगाइने भएको छ ।

महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ ।

जारी सुचना यस्तो छ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर