आईसीसी विश्वकप क्रिकेट लिग–२ , अमेरिका बिरुद्ध नेपालले ब्याटिंग गर्दै — OSNepal

आईसीसी विश्वकप क्रिकेट लिग–२ , अमेरिका बिरुद्ध नेपालले ब्याटिंग गर्दै

LC (KTM) September 17, 2021 0

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल र अमेरिका बीचको खेल सुरु भएको छ । अमेरिकाले टस जितेर फिल्डिंग रोजेपछि नेपालले अहिले ब्याटिंग गरिरहेको छ ।

अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले ब्याटिङ सुरु गरेको छ । ओपनिंग ब्याट्सम्यानको रुपमा अहिले कुशल भुर्तेल र आशिफ शेख रहेका छन् । यो समाचार तयार पार्दा सम्मको अवस्थामा नेपालले २ ओभरमा बिना विकेटको क्षतीमा १ रन बनाएर खेलिरहेको छ ।

अमेरिकाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झा टिममा राखिएको छ । राष्ट्रिय टिममा गुलशनको यो डेब्यु समेत हो । नेपाल आजको खेलमा अमेरिका बिरुद्ध दोस्रो जितको खोजीमा रहेको छ । यसअघि नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । ओमान संगको खेलमा भने नेपाल पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर