श्रीमतीले गरिन् सम्पत्तीको लागि आफ्नै श्रीमानको घाँटी थिची हत्या — OSNepal

श्रीमतीले गरिन् सम्पत्तीको लागि आफ्नै श्रीमानको घाँटी थिची हत्या

LC (KTM) September 17, 2021 0

दाङ १ असोज । श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्ती रहेकी छन् । मनसराले आफ्नै ५० वर्षीय श्रीमान छबी नारायण चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

सम्पत्तीको विषयमा विवाद हँुदा निजले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएको छ ।

आफ्नै घरमा मृत अवस्थामा फेला परेका चौधरीको हत्या भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर