घरमा लुकाई राखेको अवस्थामा २ नाल भरुवा बन्दुक सहित जगत बहादुर पक्राउ — OSNepal

घरमा लुकाई राखेको अवस्थामा २ नाल भरुवा बन्दुक सहित जगत बहादुर पक्राउ

LC (KTM) September 17, 2021 0

मोरङ १ असोज । जिल्लाको मिक्लाजुङ गाउँपालिका ५ बस्ने ४३ वर्षीय जगत बहादुर लिम्बुलाई २ नाल भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

निजको घरमा बन्दुक राखेको विशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी टाडि र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घर खनतलासी गर्दा लुकाई राखेको बन्दुक प्रहरीले बरामत गरेको हो ।

पक्राउ परेका लिम्बुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर