एमालेले देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि राज्यका निकायमाथि आक्रमण गर्यो : राष्ट्रिय जनमोर्चा — OSNepal

एमालेले देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि राज्यका निकायमाथि आक्रमण गर्यो : राष्ट्रिय जनमोर्चा

LC (KTM) September 17, 2021 0

काठमाडौँ १ असोज । राष्ट्रिय जनमोर्चाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका लागि राज्यका निकायमाथि आक्रमण केन्द्रित गरेको आरोप लगाएको छ ।

आज शुक्रबार जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले एक प्रेस वक्तव्य जारी गर्दै पुनर्स्थापित संसदलाई फेरि भंग गर्न निर्वाचन आयोग, सरकार र सभामुखमाथि एमालेले आक्रमण गरेको बताएका छन् ।

यसकारण प्रतिगमनविरुद्धको संघर्षको आवश्यका कायमै रहेको छ । त्यसका लागि पाँचदलीय गठबन्धनलाई अझै मजबुत पार्नुपर्ने आवश्यकता रहेको जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

साथै उनले वक्तव्य मार्फत वर्तमान सरकारले सबै समस्या हल गर्न नसक्ने भएपनि प्रतिगमनका विरुद्ध आफुरुहरुले समर्थन गरेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर