अशोकसिँग रोमान्टिक अवतारमा देखा परिन् नायिका निता ढुंगाना — OSNepal

अशोकसिँग रोमान्टिक अवतारमा देखा परिन् नायिका निता ढुंगाना

LC (KTM) September 17, 2021 0

काठमाडौ । गीतसंगीतको क्षेत्रमा उत्कृष्ट उत्पादन गरी देश विदेशका दर्शक, स्रोता माझ राम्रा राम्रा संगीत पुराउने उदेश्यले स्थापना भएको ‘भोल्युम अन’ नामक संस्थाले विल्कुलै भिन्न शैलिको म्युजिक भिडियो ‘यतातिर दुख्यो कहिले…’ बोलको भिडियो सार्वजनिक गरेको छ ।

‘सुसाइड’ एल्वमबाट यो गीत लिइएको हो । लोक दोहरीको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाईसकेका गायक रामकुमार नेपालीको शब्द संगीत एवं मिठो स्वर रहेको मनछुनि गीतको भिडियोमा निता ढुंगाना, अशोक केसीको साथमा सुभाष सुवेदी, सामिक्षा भुजेल, निराजन केसी, बाल कलाकार सोनाम, विष्णु बरुवाल, लिला कार्की बरुवाल, बडाल कार्की, अनिता खड्का बिवेक केसी आदिको जिवन्त अभिनय रहेको छ भने चल्तिका निर्देशक क्रान्ति केसीको निर्देशन, सम्पादन रहेको छ ।

श्रृंगार नन्दा अधिकारीको रहेको छ । यो भन्दा अघिल्ला भिडियोहरुलाई माया गरिदिनु भएजस्तै यो भिडियोलाई पनि मनपाराई दिनु हुने विश्वास निर्देशक क्रान्ति केसीले लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर