विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल आज भिड्दै — OSNepal

विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल आज भिड्दै

LC (KTM) September 17, 2021 0

काठमाडौं, १ असोज – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुनेछ । यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जित निकाल्ने दाउमा हुनेछ ।

यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो । यता, अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित भएको थियो ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैठौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर